काठमाडौं । कर्णाली प्रदेश सरकारले भरखरै मात्रै प्रदेशको समग्र विकासको लागि गठन गरेको विज्ञ समुहले कर्णालीको विकासमा अग्रसर भएर लाग्नुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन् ।
१००० प्लस ग्रेजुएट्स नेपालका संस्थापक राष्ट्रिय संयोजक अशोकनाथ योगीले सामाजिक सञ्जाल फेशबुकमा बधाई दिदै १० जनाको विज्ञ समुहलाई कर्णाली प्रदेशका १० वटा जिल्लाको एक–एक जना कमाण्डर बनेर खट्नुपर्नेमा धारणा लेखेका छन् ।
उनले लेखेका छन्,‘कर्णाली प्रदेश सरकारलाई बधाई छ । विज्ञहरु नियुक्ति गरेकोमा हार्दिक बधाईछ, १० जनालाई कर्णालीका १० जिल्लाको कमान्डर बनाएर पठाइयोस् । कर्नाली प्रदेश सरकार प्रदेशको नामाकरण देखि डिजिटल प्रदेश बनाउन निकै आतुरछ । कर्नाली प्रदेश सरकार बेला बेलामा निकै चर्चामा आउने पनि गरेकोछ ।
केही महत्वपूर्ण निर्णयहरुमा अन्य प्रदेश भन्दा कर्णाली प्रदेश एक कदम अघि छ, प्रदेशको नाम, प्रदेश राजधानी विज्ञ समुह गठन, लगायतका कुरामा कर्णाली प्रदेश निक्कै अघि देखिएको छ ।
फेरी पनि उछिनेरै अघि बढ्नुपर्छ, कर्नालीको एकिकृत बिकासका लागि १० जना विज्ञ नियुक्ति गरेको छ । सबै सदस्यलाई बधाईछ । अर्को कुरा स्मरण गर्न चाहन्छु, यहाँ भन्दा पहिले गठन भएको कर्नाली विकास आयोगको हातलमा यो समुह नपुगोस्, त्यो आयोगका सदस्यको हालतमा नपुगोस् । नवनियुक्त विज्ञहरुको नियुक्ति तथापि भाग्यमानी छन् । सबै प्रदेश सरकार मातहतका नियुक्ति प्राप्त सदस्यहरु परेका छन् ।
सायद कर्नाली प्रदेशको सरकार नबन्दै ४० जना प्रदेश सांसद र सबै दलका प्रमुखलाई कर्नाली प्रदेश कस्तो बनाउने भन्ने १००० प्लस ग्रेजुट्यसको तर्फबाट र संयोजक हुनुको तर्फबाट मैले र कर्नालीको चिन्तागर्ने अनुसन्धानकर्ता रामहरि अधिकारीले तयार पारेर बाँडिएको डकुमेन्ट नबनियुक्त सबै विज्ञहरुले पनि पढ्नै पर्नेछ ।
१० जना विज्ञहरु कुन-कुन बिषयको विज्ञ हुन ? उदाहरणका लागि कृर्षि, स्वास्थ्य, शिक्षा, जलबायु परिबर्तन, पुर्वाधार निर्माण, सामाजिक बिकास, समाबेशिता र समता, पर्यटन, संस्कृत, आदि । सबै राजनैतिक आस्थाका मात्रै नभएर र विषय विज्ञ भएको भएपनि राम्रो हुनेथियो ।
सम्भब भएसम्म सबैको अनुभव वर्ष र विज्ञताको बिषय पनि खुलाई दिएको भए राम्रो हुन्थ्यो । अलि स्वतन्त्र चरित्रका विज्ञहरुलाई नियुक्त गरेको भए सबैले हार्दिकताका साथ सहयोग गर्थे होला । एधपी विज्ञहरुको नाममा राजनैतिक व्यवस्थापन र भागबण्डा होइन् भने बिग्यहरुको विषय खुलाएर १० जिल्लामा पठाएर वार्ड र पालिका तहमा छ, महिना अध्ययन र अनुसन्धान गर्न पठाइयोस् ।
अनि कर्नालीको समृद्धिको एकिकृत खाका कोर्ने जमर्को गरियोस् । कर्नालीको बिकासका बिषयमा अब साप्ताहिक रुपमा कर्नाली प्रदेशको मुख्यालय सुर्खेतमा विज्ञ समुह मुख्यमन्त्री लगायत मन्त्री र सरोकारवालासँग वहस गरेर समृद्ध कर्नाली प्रदेशको खाँका बनाउन प्रदेश सरकार र विज्ञ समुहसँग सहकार्य रगेर अघि बढ्न हामी तयार रहेको कुरा जानकारी गराउदछौं ।
जय कर्नाली प्रदेश ।