भदौ १९, काठमाण्डौ । संसदमा सरकारले गरेको कामहरुमाथि प्रश्न उठाइएको छ । प्रधानमन्त्री केपी ओलीलाई प्रश्न सोध्ने क्रममा सांसदहरुले गम्भीर प्रकृतिका विषयमा प्रश्न गरेका हुन् । विमस्टेक सम्मेलनका लागि नेपाल आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सुरक्षाका नाममा भारतीय सेना नेपाल भित्र्याएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् ।
त्यसैगरी भारतमा हुन लागेको विमस्टेक राष्ट्रहरुको सैन्य अभ्यासको औचित्यमाथि पनि प्रश्न उठाइएको छ । प्रधानमन्त्री ओलीले सांसदको प्रश्नको जवाफ पनि दिएका छन् ।
विमष्टेक सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा आफ्नो सुरक्षाका लागि भारतीय वायु सेना ल्याएको मा सांसदरुले सरकारसँग जवाफ मागेका छन । प्रतिनिधिसभाको बैठकमा सांदसहरुले प्रधानमन्त्री केपी ओलीसँग यसबारे जवाफ मागेका हुन् । भारतबाटै सुरक्षाकर्मी ल्याउँदा नेपालका सुरक्षा निकाय असक्षम रहेको भन्ने सन्देश जानेतर्फ सांसदहरुले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सरकारले भारतीय सुरक्षाकर्मी ल्याउन दिएर नेपालकै सुरक्षा निकाय सक्षम भए पनि मनोबल कमजोर बनाउने काम भएको आरोप लगाए । नेपालका सुरक्षा निकायप्रति सरकारले नै विश्वास गर्न नसक्नु दुखद भएको उनीहरुको तर्क थियो ।
विमस्टेक राष्ट्रका सेनाहरुले भारतको पुणेमा गर्ने भनिएको संयुक्त सैन्य अभ्यासका बारेमा पनि सांसदहरुले प्रश्न उठाएका छन् । आर्थिक र प्राविधिक सहयोगका लागि गठन भएको संगठनले सैन्य अभ्यास किन गर्नुपर्यो भनेर सांसदहरुले औचित्य पुष्टी गर्न सरकारलाई दाबाब दिएका हुन् ।
बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले नेपाली सेनाप्रतिको विश्वास, कामबाटै पुष्टि भएको भन्दै अनावश्यक आशंका नगर्न आग्रह गरे । बिम्स्टेक सम्मेलनका क्रममा विदेशी नेताहरुको सुरक्षार्थ आएका सुरक्षाकर्मीको विषयलाई अनावश्यक ढंगले विवाद सिर्जना गर्न खोजेको उनको आरोप थियो ।
त्यसैगरी प्रधानमन्त्री केपी ओलीले बिमस्टेकलाई मिलिट्री प्याक्ट बनाउने गरी कुनै सम्झौता नभएको दावी गरे । जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सैन्य अभ्यासको कुराप्रति पनि अनविज्ञता प्रकट गरे ।
बैठकमा विपक्षी सांसदहरुले भने विमस्टेक सम्मेलनमा विवादित सैन्य अभ्यासबारे सहमति गरिएको र रिट्रिट पनि तोकिएको ठाउँमा गर्न नसकेकोमा सरकारको आलोचना गरेका थिए । वैठकमा प्रधानमन्त्री ओलीले सांसदहरुको विमस्ष्टेक सम्मेलनमा भएको कार्य प्रगतीका वारेमा संसदलाई जानकारी दिए थिए । जानकारी दिने व्रmममा प्रधानमनत्री ओलीले प्रतिष्ठा र क्षमता बढाएको दाबी गदै शिखर सम्मेलनबाट नेपालको प्रभाव प्रतिष्ठा, विश्वसनातियता, क्षमतासमेत वृद्धि गरेको बताएका थिए ।