काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गृहजिल्ला कालीकोटमा तीन वटा मिडीयाको एक साथ उदघाटन् गरेका छन् ।
रेडियो प्रदेश आवाज, राष्कोट खबर र रेडीयो प्रदेश आवाज अनलाइनको उद्घाटन गरेका हुन । कर्णाली सरकारका माननीय मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको समृद्धि र विकासमा दत्तचित्त भएर लाग्न आग्रह गरेका छन् ।
विकास र समृद्धिमा सञ्चार माध्ययमको महत्वपूर्ण भूमिका रहने बताउदै मुख्यमन्त्री शाहीले समाजका वास्तविक सूचनाहरु राज्यसम्म पुर्याउन पत्रकारलाई आग्रह गरेका छन् ।