काठमाडौं, २१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका सात वटै प्रदेशका मुख्यमन्त्रीहरुको आज पोखरामा भेला सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको आह्वानमा सबै मुख्यमन्त्रीहरु प्रधानमन्त्री ओलीविरुद्ध मोर्चाबन्दी र घेराबन्दी हाल्न आज पोखरामा भेला भएका हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले सातै प्रदेशका मुख्यमन्त्री भेला गरेर संघीय सरकारविरुद्ध घेराबन्दी गर्ने यसअघि नै चेतावनी दिएका थिए । केन्द्रीय सरकारले आफूहरुलाई अधिकार प्रत्यायोजन नगरेको मुख्यमन्त्रीहरुको गुनासो छ ।