काठमाडौं । गोरखाबाट काठमाडौं उडेको अल्टिच्युड एअरको हेलिकोप्टर दुघर्टनामा परेको छ । दुघर्टनाको पूरा विवरण आउन बाँकि रहेको छ । मौसम खराबिका कारण उद्धार कार्यमा कठिनाई आएको विमानस्थलले जनाएको छ । हेलिकोप्टर शनिबार बिहान ८ बजेर ५ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो ।
सम्पर्क हेलिकोप्टर धादिङको सत्देवी गाउँपालिका माथिको आकाशमा आाएपछि हराएको थियो । प्रहरीका अनुसार उक्त होलिकोप्टर ७ बजेर ३५ मिनेटमा गोरखाको चुमनुब्री गाउँपालिका १ सामागाउँमा चारजना चिनियाँ र एकजना नेपालीसहित ल्यान्ड भएको थियो।
त्यहाँबाट एकजना जापानी नागरिकसहित पाइलटसहित ७ जना लिएर बिहान ७ बजेर ४० मिनेटमा उडेको थियो । हेलिकोप्टरमा पाईलट निश्चल केसी, दिल्ली बहादुर गुरुङ, हिरा शेर्पा, ल्हो आनि डोल्पा, छोवाङ नुर्बु, सुनिल तामाङ र जापानिज नागरिक हिरोमी कामात्सु सवार थिए ।