Logo

निर्मला पन्तका बाबु–आमा काठमाण्डौमा, प्रधानमन्त्री र राष्ट्रपतिलाई दबाब



भदौ २७, काठमाण्डौ । छोरीको हत्यारा पत्ता लगाई कारबाहीको माग गर्दै निर्मला पन्तका आमाबाबु काठमाडौं आइपुगेका छन् । उनीहरुले राष्ट्रपति, प्रधानमन्त्री, प्रहरी प्रमुख लगायतलाई भेटेर ज्ञापन पत्र बुझाउने तयारी गरेका छन् ।

आवश्यक परे धर्ना समेत दिने तयारी उनीहरुको छ ।
निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो । हत्यारालाई कारबाहीको माग गर्दै स्थानीयले आन्दोलन गरे । त्यही क्रममा प्रहरीको गोलीबाट एक बालक मारिएका थिए ।

सरकारले कञ्चनपुर प्रहरी र स्थानीय प्रशासनको नेतृत्व परिर्वतन गरेर छानविन थालेपछि आन्दोलन रोकिएको थियो । तर, छानविन समितिका एक सदस्यले सोमबार मात्र राजीनामा दिएका छन् भने हत्याका मुख्य अभियुक्त भनेर प्रहरीले सार्वजनिक गरेका दिलिप सिंह विष्टसँगै बम दिदीबहिनी छुटेका छन् ।



प्रतिक्रिया दिनुहोस्