Logo

विवेकशील साझाको संवादमा शृष्टी केसी !



काठमाडौ । प्रभावकारी उत्प्रेरक वक्ता श्रृष्टी केसीले अपाङ्गता भएका व्यक्तिहरुलाई हेयको,दयाको दृष्टीले होईन उनीहरुमा रहेको विशिष्ट क्षमताको भरपुर उपयोग गर्न र सोही प्रकारको वातावरण र अवसर उपलव्ध गराउन सके उनीहरु तीन गुणा कर राज्यलाई तिर्न सक्ने हैसियतमा रहेको वताउनु भएको छ ।

विवेकशील साझा पार्टीले शुरु गरेको समता संवाद शृंखलामा मुख्य वक्ताको रुपमा निम्त्याईएकी दृष्टी विहीन समेत रहेकी केसीले फरक र विशिष्ट क्षमता भए पनि अपाङ्गता भएका व्यक्तिहरुलाई दयाको भावनाले सामान्य भत्तामा अल्झ्याएर संवृद्ध मुलुक निर्माण गर्न नसकिने वताउनु भयो ।

उहाँले विवेकशील साझा पार्टीले उठाएका इमानको राजनीति,भ्रष्टाचार विरोधी राजनीति, समतामुलक संवृद्धि अभियान जस्ता महत्वपूर्ण सवालप्रति आफ्नो आदरभाव रहेको वताउनु भयो ।

पार्टीको केन्द्रीय सदस्य तथा सामाजिक न्याय विभाग प्रमुख प्रकाशचन्द्र परियारले समतामलुक,सामाजिक न्याय र समावेशिता विनाको संवृद्धि दिगो नहुने भन्दै समाजमा रहेका सवै प्रकारका विभेद,असमानता चिर्दै मानव मर्यादाको प्रवर्धनमा जोड दिनु भयो ।

किशोरावस्थामै दृष्टी गुमाएकी श्रृष्टी केसीले अथक मेहनत,निरन्तर पहल र सदा उच्च मनोवलले आफूलाई अझ सशक्त,परिष्कृत, समाजपयोगी प्रतिभाको परिचय वनाईन आज उनी प्रभावशाली उत्प्रेरक वक्ताका रूपमा नेपाल तथा कतिपय विदेशी मुलुकहरुमा समेत आफ्नो अनुभव,ज्ञान र सीपको प्रस्तुती गरिरहेकी छन ।

हालै प्रदर्शनमा अाएको फिल्म ब्लाइण्ड रक्स पनि श्रृष्टीकै जीवनकथामा अाधारित थियो। समता संवाद शृखलामा यस अघि चर्चित पुरस्कार फ्रिडम फ्रम फियर विजेता पूर्व कमलरी उर्मिला चौधरीले समता अभियानमा आफूले भोगेका र देखेका अनुभव प्रस्तुत गरेकी थिईन ।

समता संवादको आगामी प्रस्तुतीमा सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेका उत्प्रेरक वक्तालाई ल्याईने सामाजिक न्याय विभाग प्रमुख परियारले जानकारी दिनु भयो ।



प्रतिक्रिया दिनुहोस्