Logo

थामियो शेयर बजार



काठमाडौँ । आइतबार दोहोरो अङ्कले बढेको धितोपत्र बजारमा शेयर आज सामान्य अङ्कले घटेको छ ।

शेयर कारोवार मापक नेप्से परिसूचक ०।३१ अङ्कले घटेर एक हजार २५६।४० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।४९ बिन्दुले घटेर २६६।४४ बिन्दुमा कायम भएको छ । कूल १६७ कम्पनीको २४ लाख २५ हजार ३०३ कित्ता शेयर रु ६८ करोड ७६ लाख ८८ हजार ६५३ मा खरिद बिक्री भएको छ । नेप्से परिसूचक घटे पनि कारोवार रकममा भने वृद्धि भएको छ ।

स्टकका अनुसार ६ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ७।०२, होटल १८।८४, विकास बैंक ५।१५, जलविद्युत् १०।२८, फाइनान्स २।४४ र अन्य समूह २।४८ बिन्दुले घट्दा व्यापार ३।१७, निर्जीवन बीमा २०३।४६, उत्पादन २४।५१, माइक्रोफाइनान्स ५।६३ तथा जीवन बीमा ११९।७३ बिन्दुले बढेको छ ।



प्रतिक्रिया दिनुहोस्