Logo

संविधानका ३ वर्षः काठमाडौमा दीपावली, मधेसमा कालोदिन किन ?



धनराज वास्तविकः
काठमाडौ । दोश्रो सविधानसभाबाट आजभन्दा तीन वर्ष पहिले असोज ३ गते जारी गरिएको संविधानले अझै पनि पुर्ण स्वीकार्यता पाउन सकेको छैन ।

तात्कालिन प्रधानमन्त्री स्व।सुशील कोईराला, पुर्व(रास्ट्रपति डा। रामवरण यादव र पुर्व सभामुख सुवासचन्द्र नेम्वाङको नेतृत्वमा बनेको संविधानले तीन वर्ष पार गरेकोछ ।

उमेरका हिसाबले कतै दीपावली त कतै कालो दिनका रुपमा मनाउदै नेपाको संविधान २०७२ ले आफ्नो उमेर तीन वर्षको बनाई सक्यो । सन्दर्भको चुरोमा पुग्दा कुरो आउँछ, विश्वको उत्कृष्ट भनिने संविधानले आज संघीय राजधानीमा दीपावली मनायो भने मधेस अथवा प्रदेश नम्बर २ मा पुरानै प्रक्रियाले निरन्तरता पायो । त्यहि कालो दिन किन ?

संघीय राजधानीको टुडिखेलमा सत्तामा र शक्तिको तर्फबाट संविधान दिवसको दीपावली मनाई रहदा उता प्रदेश नम्बर २ मा स्वतन्त्र मधेसको माग गर्दै आन्दोलन गरिरहेका सिके राउतले आयोजना गरेको संविधान बिरोध सभामा हजारौंको उपस्तिथि रहेको थियो । चर्का स्वरहरु पनि उठाउन खोजिएको छ ।

संविधान कुनै धार्मिक ग्रन्थ नभएका कारण सरकारले परिवर्तन गर्न सकिने वचन दिएर मधेसवादी दलहरु सरकारमा छन । तीनवटै तहमा नेकपा बिप्लव बाहेक राजनीत दलहरूको उपस्थिति रहनुले संविधान अधिक रूपमा स्वीकार गरिएको मान्न सकिन्छ ।

तर संविधान दिवसको दिनमा कालो दिन मनाउने र अर्कोतिर त्यहि सरकारको जिम्मेवार मन्त्रीको कुर्सीमा आलिसान हुनुले दुईजिब्रे चरीत्रको उदाङ्गो पारेको प्रष्ट छ ।

सरकारले मधेसमा उठेका आवाजलाई रास्ट्रहित, मधेसी जनाको हितमा रहेर सम्बोधन गरिनुपर्छ । सिके राउतले स्वतन्त्र मदेशको माग गर्दै आन्दोलन गर्नु र देशलाई विखण्डनको बाटोतिर धकेल्न कोज्नुलाई मधेसी जनताले बिचार पुर्याउनुपर्छ । जन आन्दोलन, जन युद्ध र मधेस आन्दोलनको मुल स्पिरिडमा टेकेर संविधान कार्यन्वयनको खाचो छ ।

जनताले संबिधान मान्ने र केही राजनीतिक दलका नेताहरूले आफ्नो व्यक्तिगत स्वार्थका आधारमा संविधानलाई दोष देखाएर हिड्नु हुदैन।
मधेसी जनताको बारेमा संविधान लचक हुनुपर्छ, मधेसको नेतृत्व गरिरहेका राजनीतिक दलहरूले स्पष्टता, ईमान्दारिता र पारदर्शीताको रेखामुनि बस्नुपर्ने अवस्था छ । सरकार दुईतिहाईको बाजमा नाचिरहेको छ ।

एकातिर बिप्लाव र अर्कोतिर सिके राउत सरकारका मुख्य चुनौति बन्दैजाने र समाज बिभाजन हुने कुराले देशको लागि खतरा बाकी छ भन्ने कुरा यस्ता कार्यले दर्साउछन । सरकार गम्भीर बन्नुपर्छ, बिप्लब र सिके राउतले बालहठ त्यागेर समृद्धिको अभियानमा सामेल हुनैपर्ने स्थिति छ ।

कि त लोकतान्त्र मान्दिन भन्नुपर्छ । होइन भने जनतालाई बिभाजन गर्ने र मुलुकलाई खण्डित गर्नेकुरा सच्चा नेपालीलाई स्वीकार्य हुदैन । सरकारले शोकसभामा गएर चुट्किला सुनाउने होइन, अवस्था हेरेर काम गर्नु आजको आवश्यकता हो ।‘कलम बनेर ज्ञान बाढौ, गुलाव बनेर प्रेम’ ।



प्रतिक्रिया दिनुहोस्