Logo

प्रधानमन्त्री ओलीलाई कैलालीबाट राजेन्द्र महतोको चेतावनी



कैलाली, ४ असोज । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले दुई तिहाइ बहुमतको सरकारलाई दिएको समर्थनको दुरुपयोग भएको आरोप लगाएका छन् ।

बिहीबार धनगढीमा आयोजित पत्रकार भेटघाटका क्रममा नेता महतोले संविधान संशोधन, बन्दी रिहाइ, राजनीतिक मुद्दा फिर्ता गर्नेलगायतका विषयका माग सम्बोधन गर्ने शर्तमा सरकारलाई समर्थन गरेको तर अहिलेसम्म कुनै ठोस काम हुन नसकेको भन्दै प्रधानमन्त्री ओलीप्रति आक्रोश पोखे ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याका काण्ड भएको दुई महिना बितिसक्दा पनि अपराधी अहिलेसम्म नसमातिनु दुःखद् भएको नेता महतोको गुनासो छ ।



प्रतिक्रिया दिनुहोस्