काठमाडौं, ५ असोज । हनुमान ढोका परिसरमा हिजोबाट सुरु भएको लोकतान्त्रिक मेलामा आज मान्यताप्राप्त दलहरुले आ–आफ्नो स्टलको उद्घाटन गरेका छन् ।
नेकपा नेता भरतमोहन अधिकारी, काँग्रेस नेता विमलेन्द्र निधि, राजपाका अनिल झा र संघीय समाजवादी फोरमका अशोक राईले स्टलको शुभारम्भ गरेका थिए ।
भरतमोहन अधिकारीले लोकतान्त्रिक मेला-२०७५ लेखिएको ब्यानर बेलुनमा बाँधेर उडाएका थिए भने विमलेन्द्र निधिले रुखको विरुवामा पानी खन्याएर उद्घाटन गरे । त्यसैगरी अनिल झा र अशोक राईले रिवन काटेर शभारम्भ गरेका थिए ।
तस्विर : मुकुन्द कालिकोटे