Logo

प्रधानमन्त्री ओली अमेरिका जानु आवश्यक थिएन : डा. नारायण खड्का



असोज ७, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले नेपालका प्रधानमन्त्री हुनेवित्तिकै विदेश भ्रमणलाई प्राथमिकतामा राख्ने गरेको आरोप लगाएका छन् ।

आफू नगए पनि हुने कार्यक्रममा पनि गइहाल्ने प्रवृत्ति ठिक नभएको खड्काको तर्क छ । प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन हिजो अमेरिका प्रस्थान गरेका छन् । यसअघि ओलीले भारत र चिनको भ्रमण गरिसकेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै खड्काले धेरै जसो देशका राष्ट्रप्रमुख वा सरकार प्रमुख महासभामा नजाने उल्लेख गर्दै खड्काले नेपालबाट पनि प्रधानमन्त्रीको उपस्थिती आवश्यक नरहेको बताए ।

विगतका प्रधानमन्त्रीहरु महासभाका लागि जाने गरेको स्मरण गराउँदै खड्काले बाबुराम भट्टराई, शुशील कोइराला, माधवकुमार नेपाल, खिललराज रेग्मी, शेरबहादुर देउवा पनि यसैगरी जाने गरेको बताए ।

उनले भर्खरै निर्वाचित पाकिस्तानका प्रधानमन्त्री इमरान खान र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रसंघको महासभामा नगएको उल्लेख गरे ।

महासभामा नेपालको तर्फबाट के विषयवस्तु उठाउने भन्ने कुरा महत्वपूर्ण रहेको भन्दै खड्काले महत्वपूर्ण विषय उठाउन सक्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्