असोज ७, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेलले प्रधानमन्त्री केपी ओलीको अमेरिका भ्रमणको विरोध गर्न आवश्यक नरहेको बताएका छन् ।
नेपालमा अनावश्यक कुरामा पनि विरोध गर्ने संस्कार बसेको भन्दै गजुरेलले संयुक्त राष्ट्रसंघको महासभामा जाने विषयलाई विरोध गर्न नहुने बताए ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै उनले संविधान बमोजिम ऐन र नियमहरु बनिसकेको अवस्थामा अब अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा पनि ध्यान दिनुपर्ने बताए ।
महङ्गो भ्रमणले नेपालका लागि के कस्तो फाइदा हुन्छ भन्ने कुरा महत्वपूर्ण रहेको गजुरेलले बताए ।