Logo

दशैंको मुखमा बसको भाडा बढाएकोमा सांसद कोमल वलीको आपत्ति



काठमाडौँ, ७ असोज / राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले चाडबाडका बेला सवारी साधलाई व्यवस्थित गर्न, खाद्यान्नको मूल्यवृद्धि र कृतिम अभाव नियन्त्रण गर्न, विगतका सरकारले गरेका गल्ती नदोहो¥याउन र स्रष्टाको संरक्षण गरिनुपर्नेजस्ता विषयमा जोड दिनुभएको छ ।

सांसद खिमलाल भट्टराईले दशैँको मुखमा देशभर यातायात सेवा अवरुद्ध हुन थालेकाले नियमित सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

चाडबाडको मौका छोपी तरकारीलगायत खाद्य सामग्रीको मूल्य वृद्धि र अभाव देखिएकाले शीघ्र यो समस्या समाधान गर्नुपर्ने उहाँको सुझाव थियो ।

सांसद राधेश्याम अधिकारीले सत्ता पक्षका नेताका केही दिनअघि ‘अदालतले सरकारलाई सहयोग गर्नुप¥यो’ भनी सञ्चारमाध्यममा आएका समाचारले न्यायपालिकालाई सत्तारुढ दलको शाखा बनाउन खोजिएको आरोप लगाउनुभयोे ।

महाअभियोगका नाममा यसअघि नेपाली काँग्रेसले गरेको गल्ती नदोहो¥याउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयोे । सांसद प्रमिलाकुमारीले सरकारले सङ्घीय समाजवादी फोरमसँग गरेको सम्झौता कार्यान्वयन गर्न जोड दिनुभयो ।

सांसद वृषेशचन्द्रलालले जनकपुर विमानस्थल स्तरोन्नति गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो भने सांसद रामनारायण विडारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई प्रदेश सरकारका मन्त्रीले नै बिरोध गरेकामा आपत्ति जनाउनुभयोे ।

सांसद शेरबहादुर कुँवरले माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारको सहयोगमा गर्नुपर्ने र त्यसका लागि जनताले ५० प्रतिशत शेयर राख्न तयार रहेका छन् भन्नुभयो ।

सांसद कोमल वलीले अनुमान र हचुवाका भरमा दशैँको मुखमा सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाउन नहुनेमा जोड दिँदै सरकारले गठन गरेको समितिले वैज्ञानिक भाडादर लागू गराउन माग गर्नुभयो ।

सांसद ठगेन्द्रप्रकाश पुरी, नन्दा चपाइँ, खेमराज नेपाली, रामप्रित पासवानलगायतले स्रष्टाको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्