Logo

ओली अमेरिका गएको मौकामा प्रचण्ड र माधवले बुने यस्तो रणनीति



असोज ७, काठमाण्डौ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष अमेरिका भ्रमणमा गएको मौका छोपी पार्टीभित्र नयाँ रणनीति बुनिदैछ ।

झण्डै २ हप्ताका लागि ओली विदेश गएको मौका छोपी अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच नयाँ गठबन्धनका लागि छलफल भइरहेको छ ।

अमेरिका जानुअघि ओलीले सात वटा प्रदेशको संरचनामा जिम्मेवारी बाँडफाँट गरेका थिए । यसप्रति पनि पार्टीभित्र असन्तुष्टी बढेको छ । नेपाल पक्षले असन्तुष्टी देखाएको छ भने प्रचण्ड पनि पूर्ण सन्तुष्ट हुन नसकेको बताईएको छ ।

प्रचण्डलाई हात लिन पाए आफू बलियो हुने माधवकुमार नेपालको बुझाई छ । यता प्रचण्ड पनि ओलीलाई हाबी हुन नदिन नेपालको साथ लिन चाहन्छन् ।

प्रचण्डले त अर्का नेता बामदेव गौतमलाई चुनाव लडाएर सांसद बनाउने चाहना राखेका छन् । गौतमलाई साथ दिन सके आफूले पनि साथ पाउने प्रचण्डको विश्वास छ ।

विगतदेखि नै प्रचण्डसँग निकट मानिने बामदेव पनि ओलीसँग सन्तुष्ट नभएका कारण प्रचण्डसँग निकट हुन चाहेका छन् ।

यता ओलीले पनि आफू बलियो अवस्थामा रहेको भन्दै नयाँ रणनीतिसँग नडराउने सन्देश दिएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्