Logo

गजलः मसंगै रात बिताएर ऊ मर्द कहलियो



काठमाडौं ।

गजल

दिन रात बिक्री हुने जवानी लेख्दैछु ।
बन्द कोठा भित्रको कहानी लेख्दैछु ।।

मसंगै रात बिताएर ऊ मर्द कहलियो ।
म भने उपनाम वेश्यारानी लेख्दछु ।।

बाच्नै पर्ने बाध्यताभित्र जेलिएर मैले ।
मरितुल्य जीवनको निशानी लेख्दैछु ।

आफन्तबाटै लुटिएको शहर कुन हो ?
त्यसैको प्रतिउत्तर राजधानी लेख्दैछु ।

गल्ती भए माफ गर्नुहोस् है न्यायाधीश ।
निवेदन यो मैले जानी नजानी लेख्दैछु ।।

देबकी लामिघाते
बलेफी गापा,सिन्धुपाल्चोक



प्रतिक्रिया दिनुहोस्