काठमाडौं । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले दलाल पूँजीवाद ह्वाबि भएको भन्दै समाजमा जघन्य अपराहरु बढेको जिकिर गरेका छन् ।
राज्य व्यबस्था सुसाशन समितिको वैठकमा गृहमन्त्री थापाले यस्तो जिकिर गरेका हुन ।
उनले भने,‘कानूनी व्यबस्थालाई कडा बनाएर वर्तमान समया व्याप्त रुप लिदै गरेका घटनाहरुलाई निरुत्साहित पार्नेमा सरकार लागि परेको छ, सामान्ति सोच, दलाल पुँजिवाद ह्वाबि भएका कारण समाजमा बलात्कार, अत्याचार, हत्या हिँसाका घटना हुने गर्छन् ।’
समितिमा उठेका प्रश्नको जवाफमा गृहमन्त्री थापाले भने,‘पूँजीवादले महिलालाई नाफा कमाउने मालको रुपमा बिक्री गर्छ, अमेरिका, भारतमा नि यस्तो हुन्छ, अब समाजिक आर्थिक आधार भत्काउनु पर्यो, सरकार आफैंले मात्र नियन्त्रण गर्न सक्दैन, जनता पनि आफैं सजग हुनुपर्छ, आत्म रक्षाको लागि पनि तयार हुनुपर्छ।’
निमर्लाको हत्याराको पहिचान हुन्छ
गृहमन्त्री थापाले आजभन्दा ठिक दुई महिना पहिले बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कानूनी दायरामा ल्याएर कारबाही गरेरै छोड्ने आश्वासन दिएका छन् ।
उनले भने,‘उच्च स्तरिय छानविन समितिले बुझाएको प्रतिवेदनलाई अध्ययन गरेर त्यसको कारबाही अघि बढाईने छ, निर्मला पन्तका हत्याराहरु तत्काल समातिने छन्, घटना पछि सिआईबिको टोली खटाएर कअनुसन्धान थालिएको थियो, तात्कालिन प्रहरी प्रसाशनले घटनाका बारेमा गल्ति गरेको थियो त्यसैले हामीले अर्को समिति बनाएका हौ ।’
हाल सक्रिय पोर्न साईडहरुमाथिको प्रतिबन्धको काम सूरु भईसकेको छ, ड्रक्स, साईबरक्राईम, बलात्कार सम्बन्धि सरकार गम्भिर भएर लागेको छ, मदिरा, ड्रक्स कारोबारी, बलात्कारीहरु अपराधि हुन, सरकारले कानून अनुसार कारबाही गरेरै छोड्छ ।’