मंसिर ५, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता देवेन्द्र पौडेलले पार्टी एकता प्रक्रियाले अब छिटै तिब्रता पाउने जिकिर गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पौडेलले निकट भविष्यमा नै एकता प्रक्रिया निष्कर्षमा पुग्ने दावी गरेका हुन् ।
पौडेलले पुषको दोस्रो हप्ताभित्रमा तल्लो तहसम्मको एकता सक्ने बताए ।
“कार्यदलले कार्यविधि तयार पारेको छ । पुसको दास्रो सातापछि एकताले मूर्त र ठोस रुप लिन्छ ।” पौडेलले भने ।
नेताहरुबीच भएको सामान्य फरक विचारलाई भ्रमपूर्ण तरिकाले प्रचार गरेर एकता हुँदैन भन्ने सन्देश दिन खोजिएको पौडेलको आरोप छ ।
एकता प्रक्रिया नै अवरुद्ध हुने गरी नेताहरुबीचमा विवाद नभएको पौडेलले स्पष्ट पारे ।
वाइड बडी विमान खरिद प्रकरणमा जोसुकैले अनियमितता गरेको भए पनि प्रमाणका आधारमा कारबाही हुनुपर्ने पौडेलले बताए।