मंसिर १८, काठमाण्डौ । सरकारमा रहेकाले काठमाडौंका बासिन्दालाई मेलम्ची खानेपानीको आश देखाएको २५ वर्ष पुगेको छ । आयोजना सुरु भएको १७ वर्ष पूरा भयो । प्रधानमन्त्रीदेखि खानेपानी मन्त्रीसम्मले पटकपटक देखाएको भाखा टर्यो तर मेलम्चीको पानी अझै राजधानी आइपुग्न सकेन ।
पछिल्लोपटक खानेपानी मन्त्रालयका सचिवले दिएको दुई महिनाको भाखा पनि हावादारी गफ सावित भएको छ ।
गत आइतबार बसेको विकास तथा प्रविधि समितिको बैठकमा खानेपानी सचिव गजेन्द्र कुमार ठाकुरले ६० दिन भित्र मेलम्चीको पानी काठमाडौं आउने दाबी गरेका थिए । ६० दिन भित्र सबै प्राविधिक काम सकेर मेलम्चीको पानी टनेलमा हाल्ने र त्यसको ६ दिनभित्र काठमाडौंवासीको घरघरमा पानी पु¥याउने उनको दाबी थियो ।
यसअघि २०७४ चैत ८ गते राजधानीमा आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्री विना मगरले दशै अगाडिनै मेलम्चीको पानी काठमाडौं आउने ठोकुवा गरेकी थिइन् ।
प्रधानमन्त्री र मन्त्रीहरूको पटकपटकको भनाइ त झूठो हुँदै आएको सन्दर्भमा सरकारका कर्मचारीको भनाइ के साँचो हुन्थ्यो । प्रतिनिधिसभा अन्र्तगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले मेलम्ची खानेपानी आयोजना निर्माणस्थल सुन्दरीजलकोे स्थलगत अनुगमन गरेपछि तत्काल मेलम्चीको पानी काठमाडौ नआउने निष्कर्ष निकालेको छ ।
मन्त्री र सचिवले आ आफ्ना मिति घोषणा गर ेपनि आयोजना निर्माणको यथास्थित भने भिन्न छ । साच्चै मन्त्री र सचिवको अभिव्यक्ति अनुसार ६० दिन भित्र मेलम्चीको पानी काठमाडांै आउने अवस्था छैन । बाँकी रहेको काम कुनै अवरोधविनै पूरा भए भने पनि कम्तीमा २०७५ चैत कुर्नुपर्नेछ ।
तर खानेपानी विकास समितिका योजना इकाइ प्रमुख राजेन्द्रप्रसाद पन्त भने तीव्र गतिमा काम गरे ६० दिनभित्र काठमाडौंमा पानी आइपुग्ने सम्भावना रहेको बताउँछन् ।
आयोजना ढिलो हुनुमा ठेकेदारको गल्ती देखाउँदै सरकार पन्छिँदै मात्र आइरहेको छैन, मेलम्ची खानेपानीका नाममा पटकपटक काठमाडौंवासीलाई झुक्याउने काम गरिरहेको छ । २५ वर्षअगाडिको जनसंख्यालाई दृष्टिगत गरी शुरु गरिएको मेलम्ची आयोजनाको पानी कहिले काठमाडौं आइपुग्ने र कतिको घाँटी भिजाउने हो यहाँका बासिन्दा व्यग्र प्रतीक्षामा छन् ।