Logo

पहिचानको खोजीमा खम्पा



काठमाडौं १९ मंसिर ।  खम्पा शब्दले नेपाल र चीनका सुरक्षा र कूटनीतिक अधिकारीहरूलाई अझै झस्काउँछ। किनभने यो शब्दसँग जोडिन्छ– चार दशक पुरानो खम्पा विद्रोह। तर, सबै खम्पा त्यसबेलाका विद्रोही होइनन्। बेग्लै भाषा, संस्कृति, वेशभूषा र सभ्यता भएका खम्पाहरू यतिखेर पहिचानको खोजीमा छन्। खम्पा विद्रोहकै कारण राज्यले उनीहरूलाई बेग्लाबेग्लै जातिको पहिचान हुने गरी नागरिकता दियो। बिस्तारै उनीहरू फरक–फरक थर लेखेर बस्न बाध्य भए।

पहिचानको खोजीमा खम्पाखम्पा विद्रोहले नेपाल–चीन सम्बन्ध त्यतिबेला झण्डै धरापमा परेको थियो। त्यो पीडा अहिलेका खम्पाले पनि बेहोरिरहेका छन्। भूराजनीतिक इतिहासमा ‘खम्पा विद्रोह’ले नेपालबाट तिब्बतमा गर्न खोजिएको आन्दोलन नै सम्झिन्छ। त्यही आन्दोलनका कारण खम्पाको छुट्टै पहिचान छिन्नभिन्न पारिदिएकोमा दुखेसो गर्छन् उनीहरू। कर्णालीको दैलेख, कालिकोट, सुर्खेत क्षेत्रमा करिब तीन हजार बढी खम्पा समुदायको बसोबास छ। अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्