काठमाडौँ, २० मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सूचना नलुकाएको स्पष्ट पारेका छन् । उनले सूचना तथा प्रविधि क्षेत्रको चौँथो पुस्ता (फोर जी)को विस्तार एक वर्ष्भित्र सम्पन्न गर्ने गरी काम शुरु हुन लागेको जानकारी दिएका छन् ।
बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन। उनले भने, “विधि र प्रक्रिया पु¥याएर सरकारले फोर जी विस्तार कार्य शुरु गर्न लागेको छ ।”
“अब विविध कारणले रोकिएको फोर जीको विस्तार कार्य एक वर्ष्भित्र सम्पन्न हुने गरी शुरु हुन्छ, गुणस्तरमा कुनै सम्झौता हुँदैन ।” सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले भने ।
उनले सरकारले सूचना नलुकाएको बरु सञ्चारमाध्यमले सरकारका राम्रा कामलाई बङ्ग्याई सार्वजनिक गरेको चर्चा गर्दै सञ्चारमाध्यमप्रति सरकारको कुनै गुनासो नरहेको धारणा व्यक्त गरे । संसद्को हिउँदे अधिवेशन आह्वानको तयारी भइराखेको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले नयाँ संसद् भवन निर्माण गर्न नक्शाङ्कन कार्य पूरा भएको विश्वास दिलाए ।
मन्त्री बाँस्कोटाले युनिभर्सल पिस फेडेरेशनद्वारा विगतमा पनि सम्मेलन आयोजना भएको र त्यसमा तत्कालीन नेता सहभागी भएको उदाहरण दिँदै सम्मेलनमा सहभागिता जनाउनु गलत कार्य नभएको प्रष्ट पारे । त्यस्तै उनले निर्मला हत्याका अपराधी उम्किन नदिने पनि प्रतिक्रिया दिए । उनले भने,हत्यारा पहिचानको खोजीकार्य प्राथमिकताका साथ भइराखेको छ ।”