काठमाडौँ,२४ मंसिर । काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महिला हिंसा नियन्त्रणका लागि प्रत्येक विद्यालयबाट अभियान थाल्नुपर्ने जानकारी दिईन ।
क्रियाशील पत्रकार महिला डब्लुडब्लुजे र मङ्गलादेवी सिंह प्रतिष्ठानको सहकार्यमा आइतबार यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले हिंसा बोल्ने, हेर्ने र छुने तरिकासमेत भएको हँुदा यसलाई न्यूनीकरण गर्नका लागि विद्यालयस्तरबाट अभियान चलाउन आह्वान गरिन ।
उपप्रमुख खड्गीले भनिन, “लैङ्गिक हिंसा अन्त्यका लागि व्यापकरुपमा चेतनामूलक कार्यक्रम गर्नुपर्छ”, हिंसाविरुद्धको १६ दिने अभियानमा कडीकडाउसँग लाग्नुपर्छ ।”
प्रहरी प्रधान कार्यालयका मानवअधिकार शाखा प्रमुख गङ्गा पन्तले बचाउको आधार नै प्रमाण रहेको जनाईन । प्रमाण नभई हद म्यादले मात्र केही गर्दैन । उनले भनिन, “अबको महिलाले फेरि यो हिंसा सहने कुरा नगरौँ ।” रासस