पुष २, काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीका नेताहरु एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै कोइरालाले एकतावद्ध हुने हो भने कांग्रेसको भविष्य निकै राम्रो रहेको दावी गरेका हुन् ।
“नेकपा एमाले र माओवादी एक भएपछिको चुनौति सामना गर्नका लागि कांग्रेस आन्तरिक रुपमा एकढिक्का हुनैपर्छ भन्ने मेरो दृश्टीकोण हो ।” कोइरालाले भने ।
अहिलेको आवश्यकतालाई नेतृत्व तहले मनन गरेको उल्लेख गर्दै उनले महासमिति बैठकपछि कांग्रेस एकढिक्का हुने बताए ।
“अब पनि एकढिक्का नहुने हो भने कांग्रेसले फेरी पनि पराजय बेहोर्नुपर्छ । यसका लागि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पनि तयार भइसक्नुभएको छ । उहाँहरुको मानसिकतामा परिवर्तन आएको छ ।” कोइरालाले भने ।