शरद रेग्मी : तुलसीपुर, २ पुस । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिब मोहन बैद्य ‘किरण’ले सच्चा कम्युनिष्ट पार्टी निर्माण गर्ने बताएका छन् ।
त्यसकालागि बिप्लव, किराती, मोहन बिक्रम लगायतसंग छलफल भैरहेको बताए । रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले आजा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘कुराकानी भईरहेको छ, टुट्न केही सजिलो भएपनि एकता गर्न केही कठिनाई हुन्छन्, तर एकपटक सच्चा कम्युनिस्टहरु एक हुन्छौं ।’
उनले पूर्ब एमाले र माओवादी केन्द्रको एकता सत्ताका लागि मात्रै भएको आरोप लगाएका छन् । रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कारमा महासचिब बैद्यले यो एकता सत्ताका लागिमात्रै भएकाले लामो समय नटिक्ने बताए ।
‘यो एकता सत्ताका लागि मात्रै होे, कम्युनिस्ट एकता होईन्’ उनले भने–‘यो लामो समय टिक्दैन् ।’
सैद्धान्तिक रुपमा एकता नभई चुनाब जित्नलाई मात्रै गरिएको उनको आरोप छ । उनले सरकारले ९ महिनासम्मपनि कुनैपनि उदाहरणीय काम गर्न नसकेकोसमेत आरोप लगाए ।
साथै, भारतले नेपालको सिमा मिच्दा पनि सरकारले केही पहल नथालेको आरोप लगाए । दुई तिहाईको बलियो सरकार निर्माण हुँदापनि ९ महिनासम्म केही काम गर्न नसकेको भन्दै आफुहरुले संघर्षका कार्यक्रम अघि सारेको उनको भनाई थियो । कार्यक्रमको सहजीकरण क्लबका महासचिब बिमल गौतमले गरेका थिए ।