Logo

नियुक्ति बदर माग गर्दै ४४ जनाको ज्ञापन



काठमाडौं ८ पुस । नेकपाका ४३ केन्द्रीय सदस्यले दिगम्बर झासहितका विवादित व्यक्तिको नियुक्ति बदरका लागि सरकारलाई निर्देशन दिन पार्टीसमक्ष माग गरेका छन् । बैठक चलिरहेका बेलामा उनीहरूले अध्यक्षहरूलाई सम्बोधन गर्दै शनिबार ज्ञापनपत्र बुझाएका हुन् ।

जारी बैठकबाटै नियुक्ति बदरका निर्णयका लागि निर्देशन दिन स्थायी समिति सदस्यलाई उनीहरूले ध्यानाकर्षण गराए । यसै विषयमा यसअघि २१ केन्द्रीय सदस्यले ज्ञापन बुझाएका थिए । त्यही टोलीमा अब अन्य केन्द्रीय सदस्य पनि थपिए । उनीहरूले सरकारको सिफारिसमा विवादित व्यक्तिले पदक पाएको भन्दै खोस्न माग गरे । ‘दिगम्बर झा र उनीजस्ता भ्रष्टाचारमा विवादित भएकालाई यथाशीघ्र पदबाट बर्खास्त गर्नका लागि पार्टीका तर्फबाट सरकारलाई आवश्यक निर्देशन दिइयोस् भन्ने विनम्र अनुरोध गर्न चाहन्छौं,’ ज्ञापनमा भनिएको छ ।

केन्द्रीय सदस्यहरू विजय पौडेल, जगन्नाथ खतिवडा, ठाकुर गैरे, रामकुमारी झाँक्री, नीरज आचार्य, कृष्ण केसी, माधव अर्याललगायत ४२ जनाले बुझाएको ज्ञापनपत्रमा एनसेल करछली लगायतका राजस्व छली गर्नेलाई कारबाही गर्न माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्