काठमाडौं ८ पुस । गर्भपतन गराउने सयजनामध्ये ५८ महिलाले असुरक्षित ढंगबाट गर्भपतन गराउने गरेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महिलाले गर्ने गर्भपतनमध्ये ४२ प्रतिशतले मात्र सुरक्षित विधि प्रयोग गर्ने गरेका छन् ।
मन्त्रालयका अनुसार गर्भपतन गराउने सय जनामध्ये ४२ जनाले मात्र सुरक्षित विधि अपनाउने गरेका छन् । नेपाल कानुन र चिकित्सकका अनुसार १२ साताभन्दा बढीको गर्भ आवश्यक तालिम नलिएका वा अनुमति नलिएका स्वास्थ्यकर्मीबाट हुने र जोखिमपूर्ण विधिबाट गर्भाशयमा रहेको भ्रुण नष्ट गर्ने कार्य असुरक्षित गर्भपतन हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार २०७४/०७५ मा मात्र ८० हजार ६७२ जनाले गर्भपतन गराएका छन् । ती मध्ये २ हजार १६५ जना २० बर्षभन्दा मुनिका किशोरी छन् । -राजधानी दैनिकबाट