Logo

कालिकोटका अग्नि पीडित: कांग्रेसको तर्फबाट पाँचलाख सहयोग



काठमाडौं, ११ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यलयले कालिकोट पलता खाडाका अग्नि पीडितलाई वस्ति निमार्णको लागि पाँचलाख आर्थिक सहयोग गर्ने भएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालिकोटका सभापति हर्ष बहादुर बम, नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाही, महासमिति सदस्य मोतीराज बम, कालिकोट कांग्रेसका प्रवक्ता नगेन्द्र बिष्ट लगायत नेता कार्यकर्ताको पहलमा काँग्रेस केन्द्रीय समितिको तर्फबाट उक्त रकम प्रदान गर्ने तरुण महामन्त्री शाहीले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्