Logo

रेशम चौधरीको पक्षमा यसरी गर्जिए राजेन्द्र महतो, प्रचण्डलाई कडा चेतावनी



काठमाडौं, ११ पुस । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले रेशम चौधरीलाई तत्काल सपथ खुवाउने वातावरण बनाउन आग्रह गरेका छन् ।

आजबाट सुरु भएको संसदको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै महतोले जनताबाट निवार्चित चौधरीलाई अहिलेसम्म संसदमा उपस्थित नगराउनु पनि विभेद भएको गुनासो पोखे ।

उनले जनयुद्धमा हजारौं मान्छे मारिएपनि प्रचण्ड र माओवादी नेताहरुलाई कुनै मुद्दा नलागेको तर, थारुले आन्दोलन गर्दा रेशमलगायतलाई जेलमा राखेको उनले बताए । उनले भने,”प्रचण्डजी दुई ढंगको व्यवहार नगर्नुस् र यसलाई गम्भीरतापूर्वक लिनुस् ।’



प्रतिक्रिया दिनुहोस्