काठमाडौँ,११ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीय संसद्का दुवै सदनमा जन सरोकारका मुद्दा उठाउने निर्णय गरेको छ ।काङ्ग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको संयुक्त बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो ।
“सरकारले गरेका जनविरोधी कामको दुवै सदनमा सांसदले प्रश्न उठाउनेछन्, संसद् छलेर सरकारले ल्याएको कर्मचारी अध्यादेश अनुचित रहेको पार्टीको ठहर छ, यसले दूरगामी प्रभाव पार्ने र कर्मचारीको वृत्तिविकासमा समेत असर गर्ने भएकाले यसको पनि विरोध हुनेछ,” उहाँले भन्नुभयो ।
पछिल्लो समय शान्तिसुरक्षाको अवस्था नाजुक रहेको, मूल्यवृद्धि, कर बढेकोलगायत जनसरोकारका विषयलाई संसद्मा गम्भीरताका साथ उठाउने निर्णय काङ्ग्रेसले गरेको छ । लोकतन्त्र र राष्ट्रियताको संवद्र्धनका लागि पार्टीले संसद्म आवाज उठाउने प्रमुख सचेतक खाँणले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । रासस