Logo

लोहनीको आरोप : प्रचण्ड पावर र मनी माईन्डेड नेता हो (भिडियोसहित)



काठमाडौं, १२ पुस । एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पावर र मनी माईडेड लिडरको संज्ञा दिएका छन् । प्रचण्डले अरुको अलोचना गर्दा आफ्नो अनुहारपनि हेर्नुपर्ने उनको सुझाव छ ।

लोहनीले प्रश्न गरे,‘हिजो क्रान्ति गर्दा प्रचण्ड कुन धरातलबाट आउनुभएको थियो ? अहिले कहाँ पुग्नुभएको छ, प्रचण्डसँग अहिले सत्ता र पैसामात्रै छ, न सिद्धान्त छ, न त दर्शन नै ।? बुधबार राति प्राईम टाईम्स टेलिभिजनको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष लोहनीले यस्तो बताएका हुन् । उनले देश अहिले लथालिङ भएको पनि आरोप लगाएका छन् । उनले भने,‘अहिले देशको अवस्था लथालुङ चाला छ, जुन पार्टीले सक्ला त्यही पार्टीले खाला भएको छ ।’

नेकपा नेतृत्वको वर्तमान सरकारले यो दश महिनामा जनतालाई निराशामात्रै दिएको उनको आरोप छ । उनले भने,‘अरु किन ? त्यही वाईडबडी हेर्नुहोस न ।किन त्यसको लागि संघर्ष हुँदैन ? किन यो प्रकरणमा कोही बोल्दैनन् ?’

उनले धर्मको विषयमा के गर्ने भनेर जनतामा जानुपर्ने धारणा राखेका छन् । उनले भने,‘नेपाल हिन्दूराष्ट्र हुनुपर्छ कि पर्दैन भनेर जनतामा सोधौं ।” लोहनीले कार्यक्रममै पत्रकार धमलासँग झगडा गरेका छन् । उनले आफूलाई बोल्न नदिने हो भने कार्यक्रम नै छोडेर जाने पनि चेतावनी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्