Logo

एनएनआइपीएल अवार्डः कमल र अनु सर्वोत्कृष्ट



काठमाडौँ,१४ पुस । एनएनआइपीएल अवार्डमा भारोत्तोलनका कमलबहादुर अधिकारी र कराँतेकी अनु अधिकारी सर्वोकृष्ट खेलाडी घोषित हुनुभएको छ ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ ९एनएनआइपीए० ले आयोजना गरेका उक्त १३औँ संस्करणको अवार्डमा पुरुषतर्फ कमल र महिलातर्फ अनु सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।ललितपुरको पाटन दरबार सङ्ग्राहलयमा शुक्रबार भएको अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट घोषित खेलाडीद्धयले जनही रु एक लाख पाउनुभएको छ ।

त्यस्तै विभिन्न २९ खेलका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको थियो । विभिन्न खेलमा उत्कृष्ट खेलाडीले जनही रु १० हजार प्राप्त गरेका छन् । त्यही २९ खेलका उत्कृष्ट खेलाडीबाट सर्वोत्कृष्ट खेलाडी घोषित गरिएको थियो ।

यस्तै बीबीसी नेपाली सेवामा कार्यरत खेल पत्रकार निरन्जन राजवंशीलाई खेल पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो । उहाँले सम्मानस्वरुप रु २५ हजार प्राप्त गर्नभएको छ ।

त्यसैगरी ओलम्पिक महिला फुटबलका लागि एशियन छनोटको दोस्रो चरणमा पुग्न सफल नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विशेष सम्मान गरिएको थियो ।म्यानमारमा गत कात्तिकमा सम्पन्न पहिलो चरणको एशिया छनोटबाट नेपाली टोलीले दोस्रो चरणको लागि स्थान पक्का गरेको थियो ।

उत्कृष्ट खेलाडीलाई काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्वर तिमल्सिना, राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, एनएनआइपीएका अध्यक्ष दीपक श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्