काठमाडौं, १६ पुस । निजामती कर्मचारी कर्मचारी समायोजन अध्यादेशको विरोधमा सडकमै उत्रिएका छन् । आफूहरुको वृत्तिविकासको ग्यारेन्टी गर्नुपर्नेलगायतका माग राखेर सामान्य प्रशासन मन्त्रालयमा गुनासो गर्दै आएका कर्मचारी सरकारले माग वेवास्ता गरेको भन्दै सडकमै उत्रिएका छन् ।
निजामती कर्मचारीहरुले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । आफूहरुको जायज मागलाई वेवास्ता गरी समायोजन अगाडि बढाएको भन्दै कर्मचारीहरु सडकमै उत्रिएका हुन् ।
नेपाली कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन संघको आह्वानमा भएको प्रदर्शनमा कर्मचारीहरुले तीनवटै तहमा सरुवा र बढुवाको ग्यारेन्टी गर्नुपर्ने, कर्मचारीप्रति भएको श्रेणीगत र तहगत विभेद खारेज गर्नुपर्ने लगायतका माग गरेका छन् ।
तस्विर : मुकुन्द कालिकोटे