काठमाडौं, २१ पुस । सार्वजनिक लेखा समितिकी सदस्य एवम् सांसद चन्दा चौधरीले संसदीय उपसमितिले बाहिर ल्याएको प्रतिवेदन नमान्ने हो भने समिति नै विघटन गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीलालाई चूनौति दिएकी छिन् ।
शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद चौधरीले यस्तो बताएकी हुन् । चौधरीले मन्त्री रवीन्द्र अधिकारीलाई बचाउनको लागि प्रधानमन्त्री ओलीले समितिको कुरा नमान्न खोजेकोपनि आरोप लगाईन् । वाईडबडी खरिदमा अनियमितता भएको उनको दाबी छ ।