Logo

भ्रमणभत्ताका नाममा आफूले राष्ट्रको पैसा नखाएको मन्त्री पण्डितको स्पष्टीकरण



पुष २८, काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भ्रमणभत्ताका नाममा आफूले राष्ट्रको पैसा नखाएको जिकिर गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री पण्डितले कहीँ कतै जाँदा बाटो खर्च हुनु स्वभाविक भए पनि अनावश्यक शीर्षकमा पैसा नखाएको जिकिर गरे ।

“हिँड्दै नहिँडिकन कोठामा बसेर काम हुँदैन । जनताकोबीचमा जाँदा एउटा टिम भइहाल्छ । अलिअलि खर्च त हुन्छ नि ।” पण्डितले भने ।

संघीयता कार्यान्वयको चरणमा आफू सबैभन्दा बढि व्यस्त भएको जिकिर गर्दै मन्त्री पण्डितले आफ्नो व्यस्ततालाई प्रतिपक्षले कुप्रचार गरेको बताए ।

“केही सुविधा लिएको छैन । बाटोमा हिँड्दा प्लेनले सित्तैमा लाँदैन । संघीयता कार्यान्वयनका लागि म धेरै ठाउँमा पुगिरहनुपरेको छ । त्यतिकै संघीयता लागु हुँदैन ।” उनले भने ।

प्लेन टिकटबाहेक अरु पैसा सरकारबाट नलिएको पण्डितले बताए । विदेश भ्रमणका क्रममा पनि कार्यक्रम आयोजकै खर्चमा जाने गरेको उनको दावी छ ।



प्रतिक्रिया दिनुहोस्