काठमाठडौं, १ माघ । हाल चर्चाको विषय बनाइएको सञ्चारकर्मी रवी लामिछानेको विषयका बोल्दा सामाजिक अभियान्ता सावित्री सुवेदी बिबादमा तानिएकी छन् । रवि लामिछानेका समर्थक र सावित्रिले दिएको एक अन्तरवार्ताले सामाजिक सञ्जालमा राज जमाएको छ ।
सावित्रिले श्रीमती हुँदाहुँदै परस्त्रीतिसँग सम्बन्ध राखेर सन्तान जन्माउनेलाई भगवान मान्न नकिने भन्दै बिदेशमा बसेका रविका समर्थकहरुले नबुझेर उनको गुणगान गाएको आरोप लगाएकी थिईन । यिनै सम्दर्भहरुलाई लिएर उनलाई तल्लो स्तरमा ओर्लेर गालि गर्नेहरु देखा परेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका नेता एव्म इन्टरनेशनल मोटिभेटर नर बहादुर कार्कीले भने घुमाउरो तरिकाले सावित्रि सुवेदीको समर्थन जनाएका छन् । उनले एक स्टाटस लेखेर सावित्रीलाई तल्ला स्तरमा झरेर गालि गर्नेहरुलाई साईबर मुद्धामा कारबाही गर्न सम्बन्धित पक्षसँग माग समेत गरेका छन् ।
उनले लेखेका छन्,‘साबित्रीलाई मैले चिनेको छैन, यो के त्यस्तो गल्तिका लागि लेखियो मैले बुझेको छैन । निर्मलाको निम्ति न्यायको लागि आन्दोलनमा पेटिकोट लगाएर सडकमा आएकी थिईन । सायद निर्मला यिनकी नातेदार होइनन् । एउटा छोरीले छोरीको निम्ति न्याय माग्न बिद्रोह गरी, त्यो सहास कमैमा छ ।
तर यो तस्बिरमा उनको चरित्रबारे जस्ता अपशब्द छन त्यसले हाम्रो शिर लज्जाले झुक्नु नपर्ने कारण छैन । अधिकान्स ठुला मिडिया यस्ता कुरामा मौन बस्छन । किनकी यो केही दिनका रमिता मात्रा हुन जस्तो ठान्छन । तर यो तस्बिर हाम्री सानी छोरी देखी बुढी आमा सम्मले हेरिकी होलिन । सोच्दिहुन एउटा आईमाईको औकात नै के हुन्छ र ? पलभरमा रण्डी बनाइदिन्छ समाज ।
निर्मलाको कोही थिएन शायद, यिनी सडकमा आयिन, यिनको दाई पत्रकारिताको छैनन् होला, ठुलो हिमचिम छैन होला, यिनी स्व्यम ठुलो बिद्द्वानल छैनन होला, तर महासय यिनी रन्डी होइनन किनकी यिनी नेपाली छोरी हुन चाहे जस्तोसुकै प्रिष्ठभुमी किन नहोस् । फतवा जारी गरेर मिना, तसलिमा, मलाला जस्तो ज्यान लिनु पर्ने ?
म मेरै दाइभाइलाई सोध्न चाहन्छु, आफ्नी बहिनिलाई बेश्या भनेर कुन तक्मा पाउन चाहन्छौ । कहिलै सुनेकाछौ एउटा शभ्य समाजमा एउटा छोरी मान्छेलाई यो स्तरको अपमान ? मलाई न लिनु छ न दिनु छ, तर एउटा महिलाको सन्तान हुँ र मेरो आमा पनि अपुग्दो हुँदा पिटिकोट मात्र लाएर हिंडेको देखेको छु ।
तर यो बहिनिले एउटा जेहाद जरुर छेडेकी हुन छोरीको जिउमा सिर्फ योनिहरुको सङ्रह देख्ने समाज बिरुद्द । मलाई कसैको चरित्र चोख्याउनु वा धमिल्याउनु छैन तर यो शब्द र बिशेषण दिने मान्छे केहीदिनमा समतिएनन् र दण्डको दाँयरामा आएनन भने छोरीको बेइज्जती गरेको तमासा हेर्ने सरकार पनि झन परीचित हुनेछ ।’