Logo

डा. केसीसँग भएको सम्झौता पालना नगरेको भन्दै ओलीविरुद्ध खनियो कांग्रेस



काठमाडौं, २ माघ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरता र वचनको सम्झौता इमान्दारीपूर्वक कार्यान्वयन नभएको आरोप लगाएको छ ।

बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘त्यो अत्यन्तै दुःखद र दुर्भाग्यपूर्ण रहेको छ।’ ओलीलाई डा. गोविन्द केसीको आमरण अनसन आठौँ दिनमा पुग्दै गर्दा उनले दुई वटा विकल्प समेत सुझाए ।

उनले सुझाएको विकल्पअनुसार पहिलो विकल्पमा तत्काल सहमतिमा फर्कने र दोस्रो विकल्पमा चौतर्फी दबाब पर्खने रहेको छ । कांग्रेसले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘बहुमत र विवेकमध्ये लोकतान्त्रिक संस्कृतिले सदैव विवेकलाई केन्द्रमा राख्दछ, विवेकलाई कुल्चिएर प्रस्तुत हुने बहुमतले मुलुकलाई निकास दिन नसक्ने चेतावनी हामी दिन चाहन्छौं। यो विषयलाई गम्भिरतापूर्वक लिन हामी विनम्र भाषामा हार्दिक अपिल गर्न चाहन्छौं।‘



प्रतिक्रिया दिनुहोस्