काठमाडौं, ६ माघ। आमरण अनसनरत डा. गोविन्द केसीले सहमति कार्यान्वयन नगरेर प्रधानमन्त्री केपी शर्मा ओलीले बेइमानी गरेको आरोप लगाएका छन् ।
आइतबार त्रिवि शिक्षण अस्पतालको आईसीयू कक्षबाट वार्डमा सरे लगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै डाक्टर केसीले आफूसँग गरेको सम्झौता कार्यान्वयनमा प्रधानमन्त्री ओलीले बेइमानी गरेको बताए ।
प्रधानमन्त्रीले आफूलाई मात्रै नभई ३ करोड नेपालीलाई धोका दिएको दाबी उनको दाबी छ । सरकारले आफुसँग गरेको सम्झौता कार्यान्वयन गरे तुरुन्तै अनसन तोड्ने उनले बताए ।
फाईल तस्विर