काठमाडौं, १९ माघ । नेपाल चिकित्सक संघले पूर्वघोषित विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको जनाएको छ । संघका महासचिव डा लोचन कार्कीले शनिबार एक विज्ञप्ति जारी गर्दै आफूहरुबाट भएको बिरोध कार्यक्रमबाट बिरामी, बिरामीका आफन्त, आम सर्वसाधारणहरुमा पर्न गएको असुविधाप्रति क्षमायाचना मागेका छन् ।
डा गोविन्द केसीले शुक्रबार अनसन कार्यक्रम स्थगन गरेसँगै संघले पनि केसीको समर्थनमा गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएको कार्कीले जनाए ।