सिरहा, १९ माघ । भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले प्रदेश नं २ अर्थात् मधेशमा सडक, खानेपानी, स्वास्थ्य, शिक्षालगायत सबै कुरा समेटेर विशेष प्याकेज ल्याइएको स्पष्ट पारेका छन् ।
सदरमुकाम सिरहामा आज आयोजित शहीद हेमनारायण यादवको १५ औँ स्मृतिसभालाई सम्बोधन गर्दै मन्त्री महासेठले मधेशकै लाइफ लाइनका रुपमा रहेको हुलाकी राजमार्गको स्तरोन्नतिको काम तीव्ररुपमा भइरहेको जनाए ।
हुलाकी सडकअन्तर्गत कमला र बलान नदीमा निर्माणाधीन पुल निर्माणको ठेक्का पप्पु कन्ट्रक्सनसँग तोडेर एक वर्ष्भित्र निर्माण सकिनेगरी लुम्बिनी बिल्र्डस र शर्मा कन्ट्रक्सनलाई दिइएको पनि मन्त्री महासेठले जानकारी दिए ।
उनले मधेशका जिल्लाको सदरमुकाम जोड्ने सडक चार लेनको स्तरोन्नतिका लागि डिपिआर बनाउने कार्य तीव्ररुपमा अघि बढेको पनि बताए । मन्त्री महासेठले सिरहामा मात्रै २५ वटा सडक बनाउने कार्य अघि बढाइएको पनि जानकारी दिए ।