Logo

पान बेचेरै दैनिक १० हजार कमाई ? यस्तो छ कथा (भिडियोसहित)



फागुन ९, काठमाण्डौ । पान धार्मिक तथा स्वास्थ्यका दृष्ट्रिकोणले उत्तम मानिन्छ । पानको पातलाई पवित्र मानिने भएकाले धार्मिक कार्यमा समेत प्रयोग गर्ने गरिन्छ । बहुउपयोगी र हितकर भएकाले पनि पानको ब्यापार पछिल्लो समय बढ्दो क्रममा छ ।

तराईका बजारमा छ्याप–छ्याप्ती पाइने पान पसल पछिल्लो समय पहाडी तथा हिमाली जिल्लामा पनि विस्तार भएको छ । पानको पात पवित्र र विभिन्न रोगबिरुद्ध प्रतिरोधात्मक क्षमता बढाउने भएकाले सबै भूगोलका व्यक्तिको रोजाई बनिरहेको छ । तराईमा त झन् पान नखाने बिरलै भेटिन्छन् । पानका पारखीसँगै व्यापार बढ्दा बिदेशीन लागेका युवाहरु समेत स्वदेशमै आत्मनिर्भर बन्न थालेका छन् ।

नेपालमा निकै कम मात्र उत्पादन हुने भएकाले धेरैजसो पानको पात भारतबाट आयात गरिन्छ । नेपालमा उपलब्ध हुने पात सानो हुने व्यापारीहरु बताउँछन् । पानको उद्गम थलोको रुपमा भारतको बनारसलाई लिने गरिन्छ । एउटा पातको मुल्य ७ देखि ८ रुपैयाँसम्म पर्ने भएकाले तयारी पानका लागि न्यूनतम नै १५ रुपैया तिर्नुपर्छ ।

कतिपय स्वास्थ्यकर्मी त खाना खाएर पानको सेवन गर्दा पाचन क्रियामा सहयोग पुग्ने बताउँछन् । पानको पात रुघा–खोकी, ज्वरो लगायत रोग नियन्त्रणका लागि समेत उपयोगी मानिन्छ ।

नेपालमा बर्षेनी दुई करोड बढी पानको हरियो पात आयात हुने गरेको पाइन्छ । सुरुमा तराईमा मात्र सिमित ब्यापार बिस्तार हुँदा पान खाने पारखीहरुको सख्या पनि दिनप्रतिदिन बढिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्