Logo

मेलम्चीमा भ्रष्टाचार : कारबाहीको माग गर्दै विवेकशील नेपालीद्वारा अख्तियारमा उजुरी दर्ता



काठमाडौं, १२ चैत । विवेकशील नेपाली दलले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको छानबिन गरी कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मंगलबार उजुरी दर्ता गरेको छ ।

मेलम्ची खानेपानी आयोजनामा भएका भ्रष्टाचारका मुद्दाहरु विभिन्न सन्चारमाध्यमबाट सतहमा आएकाले आयोजनाको दौरान हुनसक्ने अन्य भ्रष्टाचारको छानबिन आवश्यक रहेकाले उजुरी दर्ता गरिएको विवेकशील नेपाली दलले जनाएको छ ।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal.com



प्रतिक्रिया दिनुहोस्