काठमाडौं,१५ चैत । इण्डियन प्रिमियर लिग अन्र्तगत बिहीबार राति भएको खेलमा रोयल च्यालेञ्जर्सलाई ६ रनले पराजित गर्दै मुम्बईले पहिलो जित हात पार्न सफल भएको छ ।
बेंग्लोरमा चलिरहेको खेलमा १८८ रनको लक्ष्य पछ्याएको बेंग्लोरले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८१ रन मात्रै बनायो घरेलु टोली बेंग्लोरले टस जिते पछि पहिला ब्याटिङ गर्न आएको मुम्बईले निर्धारित ओभरमा ८ विकेट गुमाएर१८७ रन बनाएको थियो ।
मुम्बईका लागि कप्तान रोहित शर्माले ४८ रन बनाउँदा सूर्य कुमार यादबले ३८ रन जोडे । यसैगरी १२ बल खेलेका युवराज सिंहले २३ रन बनाए । लगातार तीन छक्का प्रहार गरेको सिंहले चौथो बलमा पनि छक्का प्रहार गर्दा मोहमद सिराजबाट क्याच आउट हुन पुगेका थिए ।