काठमाडौं, १७ चैत । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले दुई तिहाई बहुमतको दम्भ देखाएर सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको आंशका गरे ।
रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा आइतबार आयोजित विशेष समारोहमा सम्बोधन गर्दै उनले भने,‘कता–कता यो सरकारले दुई तिहाईको दम्भले मिडियालाई आतंकित पार्ने काम गरेको आंशका उत्पन्न भएका छन् । यो धेरै दुःखद् हुन जान्छ ।’
लोकतान्त्रिक मूल्य र मान्यतालाई जोगाउनको लागि सरकारले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनको तर्क छ । उनले भने,‘आफ्नो असफलता लुकाउनको लागि सरकारले सत्ताको दम्भ देखाउनुभएन् ।’