पाल्पा, १८ चैत । प्रमुख प्रतिपक्षी दली नेपाली काङ्ग्रेसका महामन्त्री शशाङ्क कोइरालाले काङ्ग्रेसले कहिल्यै पनि हिन्दू राष्ट्र हुनुपर्छ भन्ने मान्यता नराखेको भन्दै आफ्नो पूर्ववर्ती भनाईबाट व्याक भएका छन् ।
“धर्म स्वतन्त्र हुनुपर्छ, काङ्ग्रेसको चाहना पनि धार्मिक स्वतन्त्रता नै हो,” प्रेस युनियन पाल्पाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले यस्तो बताएका हुन् । उनले हिन्दू राष्ट्र जनतालाई चाहिन्छ भने जनताले नै आन्दोलन गर्नुपर्ने स्पष्ट पारे ।
हावाहुरीबाट बारा–पर्सामा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै महामन्त्री कोइरालाले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे । उनले मृतकका आफन्त र घाइते परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरे। बहुमत प्राप्त सरकारले जनतालाई आशाभन्दा पनि निराशा पैदा गराएको महामन्त्री कोइरालाले आरोप लगाए ।