काठमाडौं,२८ चैत्र । वीर अस्पतालका चिकित्सकहरुले अस्पताल अगाडीको खालिठाँउबाट ओपीडी सेवा प्रदान गरिरहेका छन । सादा कागजमा नम्बर, नाम, ठेगाना, उमेर, रोगको पहिचानसहित ओपीडीमा बसेका सम्बन्धित डाक्टरहरुकोमा पठाउँदै दुर–दराजबाट आएका बिमारीहरुलाई सेवा प्रदान गर्दे आएका छन् ।
तत्कालीन अवस्थामा भिडियो एक्सरे, अपरेशन, रक्त जाँचलगाएतका विषयहरुका सेवाहरु उपलब्ध नभएपनि बिमारीको अवस्था हेरेर चिकित्सकहरुले औषधि लेखि रहेका देखिन्थे ।आफुहरुले पुरानो रिपोर्टको आधारमा औषधी तथा उपचारहरु प्रदान गरिरहेको चिकित्सकहरुको भनाई रहेकोे छ । सधै ठूलो संख्यामा भिड्भाड् रहने अस्पताल परिसरको पाल मुनि सेवा बिस्तार गरेकोे ठाँउमा भने बिमारीहरुको सामान्य उपस्थीति रहेको देखिन्थो ।
आकास्मिक रुपमा आएका बिमारीहरुको भिडियो एक्सरे देखि उपचारको काम भने सुचारु नै रहेको चिकित्सकहरुले जानकारी गराए । जटिल प्रकृतिका रोगहरुको भने निरन्तर रुपमा चेक–जाँच चलिरहेकोपनि चिकित्सकहरुले बताएका छन ।हिजोबाट सरकारले टिकट काउन्टरको ताला खोलेर उपचार नियमित गर्ने भनेतापनि टिकट काउन्टर भने खुल्न सकेको छैन ।
तस्विरः मुकुन्द कालिकोटे/ReportersNepal