Logo

सत्तारुढ दल नेकपाको एक बर्ष : आन्तरिक विवादमै सिमित



चैत ३०, काठमाण्डौ । २०७५ सालको दोस्रो महिना अर्थात जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र विच एतिहासिक पार्टी एकता घोषणा भयो । र नेपाल कम्युनिष्ट पार्टी नेकपा बन्यो । नेपालका कम्युनिष्टपार्टीहरु विच एकता नभइ मुलुकको सम्बृद्धि संम्भव नभएको निष्र्कष सहित एकता भएको नेकपा १० महिना नाघि संक्दा समेत पार्टीको तल्लोस्तर सम्म एकता प्रक्रिया टुंगिन सकेको छैन । यो बर्षको बर्ष समिक्षा २०७५ मा हामीले नेकपा भित्रको विवाद,एकता प्रक्रिया,नेताहरुविचको तिक्तता,नेकपाभित्र बर्षभरीमा केके गतिविधि भए त ।

हो सांच्चिकै २०७५ सालको त्यो महिना र त्यो दिन नेपाली राजनितिमा ठुलै परिवर्तन र एतिहासिक दिन बन्न पुग्यो । २०७५ साल जेठ ३ गते । नेपालका ठुला दुइ कम्युनिष्ट पार्टीहरुविचको एकता नेपाल र नेपाली राजनिति वृतमा मात्र होइन अन्तराष्ट्रिय रुपमै यसको महत्व र औचित्यमाथि ठुलै बहस र चर्चा पनि भयो । बढाएको थियो । नहोस पनि किन ? किन की नेपालमा कम्युनिष्ट पार्टीहरुको इतिहास हेर्ने हो, भने टुटफुटको राजनितिले राम्रै स्थान पाएको देखिन्छ ।

२०७५ सालको अन्तिम महिना सम्म आइपुग्दा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १० महिना भन्दा बढी हुन आउंछ । एकता भएको दिन ३ महिना भित्रै सवै तहमा पार्र्टीको एकताको काम टुग्याउने कार्यदिशा पनि थियो । तर १० महिना बढी समय वितिसक्दा समेत पार्टी एकताको प्रक्रिया अझै टुंगो लाग्ने,नलाग्ने भन्ने अझै अन्यौल छ । नेकपा भित्रको समिक्षा गर्दै गर्दा, सरकारको समेत नेतृत्व गरीरहेको नेकपालाई समग्ररुपमा समिक्षा गर्दा विवादित र निकै उत्तरचढाव बर्षको रुपमा हेर्न सकिन्छ ।

१० महिना बढी समय गुजारीस सक्दा समेत पार्टी एकताको काम टुङ्गो लाग्न नसक्नुमा भने नेताहरुकै भागबन्डा नमिलेकै कारण बढी विवाीत र लम्बिएको प्रष्ट देखिन्छ । त्यसो त कार्यदल नै बनाएर पार्टी एकताको काम टुंगो लगाउने अध्यास पनि नभएको होइन । तर पुष १३ पार्टीको स्थायी कमिटी बैठकले गृहमन्त्री समेत रहेका नेता रामबहादुर थापाको नेतृत्वको शत्तिशाली कार्यदलले समेत गर्न सकेन । र अन्तत कार्यदल नै भंग भयो ।

कारण हो,नेताहरुविचको चर्को विवाद । यति मात्र होइन कार्यदलकै सदस्याहरु पक्ष विपक्षमा उभिएर अलग–अलग प्रतिवेदन पार्टी अध्यक्षलाई बुझाएका थिए ।यो विचमा नेकपाले आफ्ना पार्टीका दुइ नेता गुमाउनु प¥यो । संस्कृतिक,पर्यटन तथा नागरिक उड्यानमन्त्री समेत रहेका पार्टीका युवा नेता रविन्द्र अधिकारीलाई गुमाउनु प¥यो ।

कार्यदलले विधान परिमार्जन, पोलिटव्यूरो गठन, केन्द्रीय कमिटीका सदस्यहरुको कार्य्विभाजन, केन्द्रीय आयोगहरुको गठन, केन्द्रीय सल्लाहकार परिषद् र जेष्ठ कम्युनिष्ट मञ्चको गठन, राष्ट्रिय परिषदमा मनोनयन, प्रदेश स्तरीय विशेष कमिटीको गठन, जिल्लासहित मातहत कमिटीहरुको एकीकरण, जनवर्गीय संगठनहरुको एकीकरण, प्रवासका संगठन र सम्पर्क कमिटी एवम् मञ्चहरुको एकीकरण र केन्द्रीय विभागहरुको गठनको काम अहिले पनि अलपत्र छ ।यति मात्र होइन यसबाहेक अध्यक्षद्धयको राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिन समेत सकेन ।

पार्टी एकताको पछिल्लो १० महिनामा दुई अध्यक्षसहित ४४१ सदस्यीय केन्द्रीय समिति गठन, नौ सदस्यीय सचिवालय, महासचिवमा विष्णु पौडेल र नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ताको जिम्मेवारीबाहेक ४५ सदस्यीय स्थायी कमिटी गठन र प्रदेश कमिटी गठनको मात्र काम सकिएको छ । तर, प्रदेश कमिटीमा पनि नेताहरुविच विवाद कायमै छ भने स्थायी कमिटीबाट अनुमोदन समेत भएको छैन ।

बर्षको अन्तिम महिना तिर ७७ वटै जिल्लाको नेतृत्व कुन समूहलाई दिने भन्नेबारे लगभग टुङ्गो लागिसकेको भनिएपनि त्यो दुइ अध्यक्षविचको आपसी सहमती मात्र मानिएको छ ,दुइ अध्यक्षको अनौपचारिक सहमतीमा पूर्वएमाले समूहबाट करिब ४५ जिल्लामा नेतृत्व लिने र बाँकी ३२ जिल्लामा पूर्वमाओवादी समूहले नेतृत्व लिने गरी एकता प्रस्तावमा ओली र प्रचण्डबीच सहमति बनेको भनिएको छ ।तर
४५ जिल्लामा नेतृत्व लिने सहमतिमा भने पूर्वएमालेको समूहबीच भागबन्डा मिलेको छैन । जसमा माधव कुमार नेपाल पक्षधर नेताहरु विचको असन्तुष्टि कायमै छ ।

नेता नेपालले त उक्त सहमतीमा विरोध जनाउर्दै समानन्तर समिती गठन गर्ने सम्मको चेतावनी दिइसकेका छन । पछिल्लो समयमा पार्टीका दुइ अध्यक्ष ओली र दाहालले भने सार्वजानिक कार्यक्रमहरुमा पार्टी एकताको काम सवैलाई आच्चर्य चकित पार्ने गरी टुङ्गो लगाउने बताउदै आएका छन ।

तर दुइअध्यक्षले यसो भनिरहदां सांच्चिकै नेकपाभित्र १ सालभरी भएका घटनाक्रमहरुलाई हेर्ने हो भने अध्यक्ष आोलीले बैशाख १० भित्र दिएको पछिल्लो समय सिमामा पार्टी एकताको टुंगीन्छ वा टुंगिदैन । त्यो भने नयां साल पछि नै थाहा पाउने देखिन्छ । यसरी समग्रमा नेकपाको एक बर्षेको कार्यकाल लाई हेर्ने हो भने आन्तरिक कलह र द्धन्द्धमै बिताएको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्