Logo

वैशाख ९ गते पार्टी एकताले मूर्तरुप लिन्छ’



म्याग्दी, ३ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व मन्त्री भीम आचार्यले वैशाख ९ गतेभित्रमा पार्टी एकताले मूर्तरुप लिने बताएका छन्। नेकपा म्याग्दीले आज बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता आचार्यले पार्टीका शीर्ष नेतृत्व एकतालाई छिट्टै निष्कर्षमा पुर्याउने कसरतमा जुटेको बताएका हुन्।

उनले वैशाख ९ गते परेको नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिनसम्म एकताको प्रक्रिया टुङ्ग्याएर पार्टीलाई बलियो बनाउने तयारी भइरहेको बताइ। “अब पछि फर्कने ठाउँ छैन, एकतामार्फत् एकताबद्ध भएर अघि बढ्नुपर्छ, निश्चित कार्य्विधिको आधारमा नेता तथा कार्यकर्तालाई जिम्मेवारी दिनुपर्छ”-नेता आचार्यले भने।

वर्तमान सरकारले जनताको अपेक्षाबमोजिम कार्य गर्नको लागि आधार तयार गरिसकेको बताउँदै उनले नयाँ सविधान, सङ्घीयता, गणतन्त्र, धर्म्निरपेक्षता, समानुपातिक प्रतिनिधित्वजस्ता उपलब्धिको रक्षा गर्दै मुलुकलाई विकास र समृद्धितर्फ अगाडि बढाउनुपर्ने बताए। उनले जनतामा सार्वभौमसत्ताको अधिकार रहेकाले विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण राजनीतिमा आउन आग्रहसमेत गरे।



प्रतिक्रिया दिनुहोस्