Logo

ओली, प्रचण्डसहित शीर्ष नेताहरु छलफलमा



काठमाडौं, ६ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पार्टीको तल्लो तहको एकता टुँगो लगाउनेगरि आन्तरिक गृहकार्यमा जुटेका छन् । स्रोतका अनुसार ओलीकै आग्रहमा प्रचण्ड आज विहानै सिन्धुपाल्चोकबाट काठमाडौं फर्किएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्धयसहित बरिष्ठ नेता माधव कुमार नेपाल र महासचिव विष्णु पौडेल पनि छलफलमा सहभागी भएका छन् । एकताको लागि अध्यक्ष प्रचण्ड गम्भिर भएर लागेका छन् ।

तल्लो तहको एकता टुँगो लगाउनेबारे सैद्धान्तिक विषयमा लगभग सहमति भैसकेको बालुवाटारनिकट स्रोतको दाबी छ । यही बैशाख ९ गते पार्टीको एकता टुँगो लाग्ने भनेर शीर्ष नेताहरुले सार्वजनिक गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्