Logo

कमल थापालाई ओलीले वार्तामा बोलाए



काठमाडौं ९ बैशाख । सरकारले हिन्दु राष्ट्र कायम, पूर्वराजासहितको गोलमेच सम्मेलनलगायत २२ बुँदे माग गर्दै आन्दोलनरत राप्रपालाई वार्ताका लागि आह्वान गरेको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आइतबार राप्रपा अध्यक्ष कमल थापालाई पत्र पठाई मंगलबार १ बजे वार्ताका लागि बोलाएका हुन् । सरकारले वार्ताका लागि गरेको आहवानलाई सकारात्मक रूपमा लिइएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।



प्रतिक्रिया दिनुहोस्