Logo

सगरमाथामा तीन शव फेला



काठमाडौं, १६ वैशाख । सरकार र स्थानीय तहको पहलमा पहिलो पटक सगरमाथा हिमाल सफाइमा पुगेको टोलीले तीनवटा शव फेला पारेको छ ।

नेपाल पर्वतारोहण संघका सचिव टीकाराम गुरुङका अनुसार सगरमाथाको दोस्रो क्याम्प, चुचुरोनजिक साउथ कोल र ल्होत्से हिमालको टुप्पो नजिक एक/एक वटा शव भेटिएका हुन् ।

ती शवबारे विस्तृत विवरण आइनसकेको संघले जनाएको छ ।

विदेशी सञ्चारमाध्यमले हालसम्म आरोहणका क्रममा मृत्यु भएकामध्ये १९५ को शव त्यहीँ रहेको दावी गर्दै आएका छन् । –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्